तपाईँ सुन्दै हुनुहुन्छः

बेलारुसका राष्ट्रपतिको चीन भ्रमणले सम्बन्धलाई प्रगाढ बनाउनेछ : प्रवक्ता

बेइजिङ। राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोको भ्रमणलाई दुई देशबीचको चौतर्फी सहयोगलाई थप प्रगाढ बनाउने गर्ने अवसरका रूपमा लिएको चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले बताउनु भएको छ ।

बेलारुसका राष्ट्रपति लुकासेन्कोको फेब्रुअरी २८ देखि मार्च २ सम्म हुन लागेको चीन भ्रमणका विषयमा प्रवक्ता माओले नियमित पत्रकार सम्मेलनमा उक्त टिप्पणी गर्नु भएको हो ।

‘चीन र बेलारुस सदाबहार रणनीतिक साझेदार हुन् । दुई देशबीच ३१ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । दौत्य सम्बन्ध स्थापनासँगै दुई देशले राजनीतिक पारस्परिक विश्वास, पारस्परिक सहयोगलाई थप गहिरो बनाउदै अन्तरराष्ट्रिय र क्षेत्रीय मामिलाहरूमा सधैँ घनिष्ठ सम्बन्ध कायम गरेका छन् ” मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

सन् २०२२ सेप्टेम्बरमा दुई राष्ट्र प्रमुखहरू बीच समरकन्दमा साङ्घाई सहयोग सङ्गठन शिखर सम्मेलनमा भेटवार्ता भएको थियो सो अवसरमा उहाँहरूले चीन-बेलारुस सम्बन्धको विकासको लागि नयाँ खाका कोरेको प्रवक्ता माओले उल्लेख गर्नु भएको छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button