फिलाटेलिक आवरण प्रदर्शनी सुरु
काठमाडौँ । नेपाल फिलाटेलिक सोसाइटीद्वारा फिलाटेलिक आवरण प्रदर्शनी–२०७९ आजदेखि सुरु भएको छ । नेपाल कला परिषद्, बबरमहलमा सुरु भएको उक्त प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले टिकटमा टाँचा लगाइ उद्घाटन गर्नुभयो ।

सचिव डा अर्यालले नयाँ पुस्तालाई नेपालको कला, संस्कृति, हुलाक टिकटप्रति जानकारी दिन तथा अभिरुचि होस् भन्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।
नयाँ पुस्तामा आकर्षण, जानकारीका लागि प्रदर्शनीले टेवा पुर्याउने उल्लेख गर्दै सचिव अर्यालले नेपाल र नेपालीले गरेका हुलाकसम्बन्धी पहल फिलाटेलिकको प्रवर्द्धन र निरन्तरताका लागि मन्त्रालय सहयोग गर्न तयार रहेको धारणा व्यक्त गर्नुभयो ।
सोसाइटीका अध्यक्ष केदार प्रधानले हुलाक सेवा विभागको सहकार्यमा सोसाइटी सञ्चालनमा रहेको उल्लेख गर्दै नेपाली हुलाक टिकट विश्वमा नै परिचित रहेकाले मुलुकको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा समेत रहेको बताउनुभयो । प्रदर्शनी यही फागुन १७ गतेसम्म सञ्चालन हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्