तपाईँ सुन्दै हुनुहुन्छः

‘नवीनतम सोचलाई उद्यमसम्म जोड्छौँ’

काठमाडौँ । सोचलाई उद्यमसम्म जोड्न सहयोग गर्दै आएको आइडिया स्टुडियो नेपालले विभिन्न नवीनतम सोचका आधारमा स्थापना भएका उद्योगहरूको उत्पादन सार्वजनिकीकराण गरिएको छ ।

काठमाडौँको अनामनगरस्थित आइडिया स्टुडियो नेपालको कार्यालयमा आज सम्पन्न एक कार्यक्रमका बीच उचिता महर्जनको उचित जैविक उद्योग,  कमला लामाको ज्याम्बाल कृषि फर्म, आनन्द कुमार श्रेष्ठ र सुलोचना श्रेष्ठको टमाटार प्युरी तथा सुस्मा राना र अशोक प्रसाद चौधरीको अविराम एग्रोटेक उद्योगहरूको उत्पादन सार्वजनिकीकराण गरिएको हो ।

उचित जैविक उद्योग कम्पनीले राइस ब्रान्ड, तोरीको पिना, बोन मिल आदिको प्रयोग गरेर उत्पादन नघटाउने किसिमको जैविक मल बनाइरहेको छ । 

कम्पनीमा जैविक मल, मल्टिभिटामिन, पशुपालनको लागि जैविक पौष्टिक आहारलगायत वस्तुहरूको उत्पादन भइरहेको र उक्त उत्पादन बायो प्रोडक्ट रहेको कम्पनीले जनाएको छ । 

रासायनिक मलको विस्थापन गर्नु नै उचित जैविक उद्योगको सोच रहेको कम्पनीका उचिता महर्जनले जनाउनुभएको छ । यस  उद्योगको  जैविक मल  प्रदेश २ बाट सूचीकरण  भएको र  प्रति घण्टा एक टन उत्पादन भइरहेको छ ।

यस्तै, ज्याम्बाला कृषि फर्म तथा लघु उद्यम मार्फत सिजनेबल फलफूल (विशेष गरी लोकल) जुन भोगटे, हलुवाबेद, आरु, नास्पाती जलबिरे जस्ता गाउँमा खेर गइरहेका फलफूलका बोक्रादेखि सबै भागको प्रशोधन गरेर नयाँ प्रोडक्ट तयार गरी बजारीकरण गरी आय आर्जन गरिरहेका छन् ।

फलफूलका बोक्रादेखि सबै भागको नयाँ उत्पादनहरू जस्तै भोगटे क्याण्डी, ड्राइ फ्रुट, जाम, अचार जस्ता प्रोडक्टहरु निकालेर बजारमा बिक्री वितरण गर्दै आएको  काभ्रेकी कमला लामाले बताउनुभयो । 

२०७५ सालमा दर्ता गरी २०७९ सम्म आइपुग्दा दैनिक २० देखि २५ जनाले रोजगारी पाएको र उहाँको उद्योगले दैनिक २० देखि ५० हजारसम्मको कारोबार गर्दै आएका छन् । 

यसैगरी, एग्रो आर्मी प्रालि सेभ फुड’मार्फत सेभ फार्मरको अवधारणाले यस कार्यको सुरुवात गरिएको हो । किसानले उत्पादन गरेको टमाटर बजारमा खपत नभएर टमाटर खेर फ्याँक्नुपर्ने अवस्था आउने र केही समयपछि बजारमा टमाटरको भाउ आकासिएर उपभोक्ता महङ्गीको मारमा पर्नुपरेको भन्दै ती उद्यमीले समस्या समाधान गर्ने प्रयास गरिरहेका छन् । १२ दिनमै सडेर खेर जाने टमाटरलाई प्रशोधन गरेर संरक्षण गरि १२ महिनासम्म सुरक्षित राख्ने काम गरेर टमाटरको प्युरी बनाएर बोतलमा प्याक गरेर पार्टी प्यालेस, होटेल तथा रेस्टुरेन्टमा बिक्री तथा वितरण गर्ने काम भइरहेको बताइएको छ । 

यस्तै, ‘अविराम एग्रोटेक’ले बिगत ३ वर्षदेखि अण्डाबाट चल्ला कोरल्ने मेसिन बिक्री वितरण गर्दै आएको छ । सामान्य किसानले सरल तरिकाले व्यावसायिक उत्पादन लिनसक्ने गाउँदेखि सहरसम्म उपभोक्ताको माग अनुसारको मेसिन उनीहरूले बिक्री तथा वितरण गर्दै आएका छन् । 

यो स्थानीय सहर बजारको स्रोत साधनको पुनः प्रयोग गर्दै वातावरणमैत्री, सरल र सहजै चलाउन सकिने, कम लगानी मै किसानको घर दैलोमा पुराउन सफल भएको उद्यमीहरूको भनाई छ ।

परम्परागत तरिकाले भनेको जस्तो उत्पादन नहुने कारणहरू जस्तै: वातावरणीय/मौसमको प्रभाव, ओथारो बसेको पोथीलाई विशेष हेरविचार चाहिने तथा पोथीमा सुलसुलो लाग्ने, सबै अण्डालाई बराबर स्याहार नहुने आदि जसले गर्दा व्यावसायिक उत्पादन लिन सकिँदैन । तर मेसिनमा यी समस्या देखिँदैन र सजिलै व्यावसायिक उत्पादन लिन सकिन्छ । यो मेसिनबाट खेर जाने तरकारी,  फलफूल वा मासुजन्य उत्पादनलाई सुकाएर पुनः प्रयोगमा ल्याउन सकिन्छ ।

ग्लोबल कलेज अफ टुरिजम एन्ड हस्पिट्यालिटी एजुकेसन (गेट कलेज)का कलीनेरि निर्देशक मायाङ्क गर्ग, ग्लोबल कलेज अफ टुरिजम एन्ड हस्पिट्यालिटी एजुकेसन (गेट) का फुड एन्ड बेभेरेज का विभागीय प्रमुख तारा जङ्ग थापा, एकेडेमी अफ कुलिनेरी आर्टका इन्फरमेसन टेक्नोलोजी निर्देशक कृष्ण राम महर्जन र आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ  लामालगायतको उपस्थितिमा ती प्रोडक्टहरु लन्च गरिएको आयोजक आइडिया स्टुडियो नेपालकी  प्रोजेक्ट अफिसर प्रज्ञा घिमिरेले जानकारी दिनुभयो । 

आइडिया स्टुडियो नेपालले  नेपाली उत्पादन प्रवद्र्धन गर्ने, सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउने, प्रविधि सम्वद्ध तथा हरियाली र पर्यावरण प्रवद्र्धन गर्ने जस्ता सबै  क्षेत्रका नयाँ सोच/आइडियाहरूलाई विशेष प्राथमिकता दिँदै छनौट भएका व्यवसायहरूलाई विशेष प्राथमिकता दिएर उत्कृष्ट बनाउन सर–सल्लाह, तालिम, व्यवसायीक सञ्जाल, इन्क्युबेसन  कार्यक्रम , मेन्टरसिप   साथसाथै वित्तीय पहुँचका लागि सहजीकरणको कार्य गर्दै आएको आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button