तपाईँ सुन्दै हुनुहुन्छः

‘अन्तरिम आदेश दिएका मुद्दाहरूको पेशी एक हप्ताभित्रै तोक्ने कार्यको थालनी’

काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतले अन्तरिम आदेश दिएका मुद्दाहरूको पेशी एक हप्ताभित्रै तोक्ने कार्यको थालनी गरेको जानकारी दिनुभएको छ । 

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको नवनिर्वाचित कार्यसमितिले आज गरेको  भेटमा कायममुकायम प्रधानन्यायाधीश कार्कीले अन्तरिम आदेश दिएका मुद्दालाई लामो समयसम्म जान नदिन एक हप्ताभित्रै पेशी तोक्ने कार्यको थालनी गरेको जानकारी दिनुभएको हो । 

उहाँले उच्च अदालतमा ४१ र सर्वोच्च अदालतमा ५ न्यायाधीश रिक्त हुँदा पनि भएकै जनशक्तिबाट उच्चतम कार्यसम्पादनको प्रयास गरिरहेको बताउनुभयो । 

कामु प्रधानन्यायाधीश कार्कीले न्यायालयलाई भनसुनभन्दा टाढै राख्न र न्यायालयप्रतिको जनविश्वास कायमै राख्न प्रयत्न गरिरहेको पनि बताउनुभयो । 

उहाँले मञ्चका पदाधिकारीसँगको भेटमा न्यायालयप्रतिको जनताको भरोसा विश्वासलाई कायमै राख्न सञ्चारमाध्यमको समेत महत्त्वपूर्ण भूमिका रहने स्मरण गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button