‘नेपालमा शिक्षाको विकासका लागि सहयोग र सहकार्य गर्न भारत सधैँ सकारात्मक’

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालमा शिक्षाको विकासका लागि सहयोग र सहकार्य गर्न भारत सधैँ सकारात्मक रहेको बताउनुभएको छ ।
भारत सरकारको आर्थिक सहयोगमा निमार्ण भएको काठमाडौँको अनामनगरस्थित मदनभण्डारी मेमोरियल कलेजको नयाँ भवनको आज उद्घाटन गर्नुहुँदै राजदूत श्रीवास्तवले नेपाल र भारत दुवै मुलुकको शैक्षिक स्तरोन्नतिका लागि एकआपसमा समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

राजदूत श्रीवास्तवले नेपाल भारतको एक असल छिमेकी राष्ट्र भएको उल्लेख गर्नुहुँदै नेपालको बहुआयामिक विकासमा भारत सरकार सधैँ आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।
मदन भण्डारी फाउण्डेशनका अध्यक्ष उषा किरण भण्डारीले दुवै मुलुकको शैक्षिक र सांस्कृतिक विकासका लागि समन्वय र सहकार्यको आवश्यकता रहेको भन्नुहुँदै फाउण्डेशनका थप गतिविधिमा भारत सरकारको सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले दुवै मुलुकले एक अर्काको राजनीतिक परिवर्तनमा महत्वपूर्ण सहयोग पुर्याएको स्मरण गर्नुहुँदै शैक्षिक क्षेत्रको उन्नयनमा हातेमालो गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
क्याम्पस प्रमुख रमेशचन्द्र पौडेलले नयाँ भवनमा विद्यार्थीहरूका लागि ल्याब, लाइब्रेरी, सभाहल र कक्षा कोठाको उचित प्रबन्ध मिलाइएको जानकारी दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्