तपाईँ सुन्दै हुनुहुन्छः

बार एसोसिएसनको केन्द्रिय कार्यकारिणी परिषद्को ४८ औँ बैठक वीरगञ्जमा सुरु

वीरगञ्ज । नेपाल बार एसोसिएसनको केन्द्रिय कार्यकारिणी परिषद्को ४८ औँ बैठक वीरगञ्जमा सुरु भएको छ ।

केन्द्रिय परिषद् बैठकको आज एक कार्यक्रमबिच उद्घाटन गर्दै महान्यायधिवक्ता दिनमणि पोखरेलले न्यायमा सर्वसाधारणलाई सहज पहुँचको लागि कानून व्यवसायीहरूको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

उहाँले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई पारदर्शी र व्यवस्थित बनाउँदै अगाडी बढे मात्र लोकतन्त्र र गणतन्त्रको अनुभूति सर्वसाधारण नेपालीले गर्न पाउनेमा जोड दिनुभयो ।

पेशागत उत्कृष्टता र हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ वीरगञ्जमा सुरु भएको ४८ औँ बैठकले कानून व्यवसायीको हक अधिकारको सुनिश्चितता गर्दै न्याय सम्पादनलाई अझ सशक्त बनाउने कुरामा आफू आशावादी भएको महान्यायाधिवक्ता पोखरेलले बताउनुभयो ।

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपाल कृष्णा घिमिरेको अध्यक्षतामा सुरु भएको कार्यकारिणी परिषद्को ४८ औँ बैठक वीरगञ्ज घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न हुने जनाइएको छ ।

बैठकमा नेपाल बार एशोसिएशनका देशभरका १५ सय भन्दा बढी कानून व्यवसायी तथा बार एशोसिएशनका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button