तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल समाजवादी पार्टीले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई मत दिने

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)ले आगामी राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने भएको छ ।

नेसपाको आज बसेको पदाधिकारी बैठकले आगामी फागुन २५ गते हुने निर्वाचनमा कांग्रेसका उम्मेदवार पौडेललाई मत दिन निर्णय गरेको सो पार्टीका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिनुभयो । 

काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । यस्तै नेसपाले राष्ट्रपति निर्वाचनका सन्दर्भमा बनेको नयाँ गठबन्धनलाई सहयोग गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button