साँझ ५:०० बजे पुनः बस्ने गरी चार दलका शीर्ष नेताहरूको बैठक सकियो
काठमाडौँ । राष्ट्रपति निर्वाचनका सन्दर्भमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठक आजै साँझ ५ः०० बजे पुनः बस्ने गरी सकिएको छ ।
नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरू बीचको छलफल सकारात्मक रहेको र साँझ ५ः०० बजे बस्ने बैठकले राष्ट्रपतिको उम्मेदवार टुङ्गो लगाउने नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो ।
साँझ ५ः०० बजे बैठक बस्नुअघि दलहरूले आ–आफ्नो पार्टीमा आन्तरिक छलफल गर्ने पनि काँग्रेसका महामन्त्री थापाले जानकारी दिनुभयो ।
राष्ट्रपति निर्वाचनका लागि भोलि फागुन १३ गते मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपतिको उम्मेदवारको मनोनयन दर्ताका लागि एक दिन बाँकी छदाँ दलहरू तीव्र छलफलमा जुटेका छन् ।
राष्ट्रपति पदमा कुन दलको उम्मेदवारको मनोनयन गर्ने र त्यसका लागि राष्ट्रिय सहमति जुटाउने भन्ने बारेमा दलहरू एक मतमा पुगिसकेका छैनन् ।








प्रतिक्रिया राख्नुहोस्