तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति राष्ट्रिय एकताको प्रतीक : मन्त्री किराती

भोजपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राष्ट्रपति राष्ट्रिय एकताको प्रतीक भएकाले सहमति कायम गरेर नयाँ राष्ट्रपति चयन गर्नुपर्ने बताउनुभएको छ । 

नयाँ राष्ट्रपतिका लागि दलहरूका बिचमा सरगर्मी बढी रहँदा मन्त्री किराँतीले राष्ट्रपति राष्ट्रिय सहमतिको आधारमा नै चयन हुनुपर्ने उल्लेख गर्नुहुँदै राष्ट्रिय सहमतिको विकल्प नभएको पनि बताउनुभयो । 

उद्योग वाणिज्य संघ भोजपुरले गरेको जिल्लाको संस्कृति, पर्यटन प्रवर्धन र विकास विषयमा अन्तरक्रियामा सहभागी हँुदै मन्त्री किरातीले दलहरूका बीचमा पदको बाँडफाँड भएको र राष्ट्रिय सहमतिका लागि नेपाली काँग्रेसलाई राष्ट्रपति र एकीकृत समाजवादीलाई उपराष्ट्रपति दिँदा पनि फरक नपर्ने बताउनुभयो । राष्ट्रिय सहमति कायम गर्न सकिएमा मुलुक पनि सहजरुपमा अगाडि बढ्ने मन्त्री उहाँको भनाई छ  । 

सो क्रममा उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष कर्ण मोक्तानले विकासको खाका समेटिएको अवधारणा पत्र समेत मन्त्री किरातीलाई हस्तान्तरण गर्नुभयो । 

मन्त्री भएपछि आफ्नो गृह जिल्ला भोजपुर आउनुभएका किराती विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button