७ वर्षदेखि अलपत्र बंगेरी पुल निर्माणको काम अघि बढ्यो

बारा । बाराको बन्जरियामा करिब ७ वर्षदेखि अलपत्र अवस्थामा रहेको बंगेरी पुल निर्माणमा गति लिएको छ ।
प्रसौनी गाउँपालिका वडा नं.७ स्थित उक्त पुलले जितपुरसिमरा उपमहानगरको सिमरा फत्तेपुर, डुमरवाना सडकखण्ड जोडने गर्दछ ।
२०७३ सालमा ठेक्का सम्झौता भएपनि पुल निमार्णको काम अलपत्र छोडेर ठेकदार सम्पर्क विहीन भएपछि स्थानीयहरूको गुनासोका आधारमा बारा निर्वाचन क्षेत्र नं ४ का संघीय सांसद किसान श्रेष्ठको पहलमा पुल निमार्णको काम अगाडि बढेको स्थानीयहरूले बताएका छन् ।
सो पुल निमार्णका लागि सडक डिभिजन कार्यालय हेटौँडाले ६ करोड लागतमा मोना र इलाइट जेभी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख राजेश यादवले समयमै काम सम्पन्न नगरे ठेक्का सम्झौता तोड्ने सार्वजनिक सूचना निकालेपछि ठेकदार काममा फर्किएको बताउनुभयो ।
करिब ७५ मिटर लामो बंगेरी पुल अगामी असार मसान्तभित्र सम्पन्न गर्ने गरी अहिले पुल ढलानको काम भइरहेको छ ।
पुलको ६० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको डिभिजन कार्यालय हेटौँडाका प्रमुख राजेश यादवले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्