तपाईँ सुन्दै हुनुहुन्छः

बझाङमा जिप दुर्घटना हुँदा चार जना घाइते

File Photo

बझाङ । बझाङमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । छविसपाथिभेरा गाउँपालिका–१ पिपलतोलामा जिप दुर्घटना हुँदा चार जना घाइते भएका हुन् । बुधबार दिउँसो से १ ज ११२० नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताउनुभयो ।

दुर्घटनामा घाइते हुनेमा सुर्मा गाउँपालिका–५ की ६० वर्षीया फुलु बोहरा, सोही ठाउँका २३ वर्षीय मधुराज जेठारा, ५० वर्षीय देवी बोहरा र छविसपाथिभेरा गाउँपालिका–३ की २० वर्षीया गंगा भट्ट रहनुभएको छ । घाइते फुलु बोहराको टाउँकोमा गम्भीर चोट लागेकाले उपचारका लागि धनगढी रिफर गरिएको छ ।

अन्य तीन जनाको अवस्था भने सामान्य रहेको र जिल्ला अस्पताल सिमखेतमा उचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । दुर्घटनाको कारण भने खुलेको छैन । जिप चालक छविसपाथिभेरा गाउँपालिका–५ का शिवराज बोहरालाई प्रहरी नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ । ब्रेक नलागेर जिप सडकको भित्तामा ठोक्किएको चालक बोहराको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button