तपाईँ सुन्दै हुनुहुन्छः

बेपत्ता शिक्षक मृत फेला

अछाम । अछाममा बेपत्ता रहेका शिक्षक मृत अवस्थामा फेला परेका छन् । 

जिल्लाको मङ्गलसेन नगरपालिका वडा नम्बर १३ बस्ती स्थित शिव आधारभूत विद्यालयका प्रधानाध्यापक ३५ वर्षका जगत साउँद मृत भेटिएका हुन् । गत माघ २ गतेदेखि बेपत्ता साउँद गाउँ नजिकैको बुढाखोलामा झुण्डिएको अवस्थामा फेला परेका हुन् । 

मानसिक सन्तुलन ठिक नभएका शिक्षक माघ २ गते साँझ घरबाट निस्केका र त्यसपछि बेपत्ता रहेका उहाँका भाइ आनन्द साउँदले बताउनु भयो । उहाँको खोजीका लागि स्थानीय, जनप्रतिनिधि, प्रहरी सहितको टोलीले अछाम, डोटी तथा सुर्खेतका विभिन्न स्थानमा खोजी कार्य गरेको थियो । 

रुखमा झुण्डिएको अवस्थामा उहाँको शव फेला परेका साउँदले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button