तपाईँ सुन्दै हुनुहुन्छः

ठाकुरलाई राष्ट्रपति बनाउन काँग्रेससँग लोसपाको आग्रह

काठमाडौँ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आज छलफल गर्नुभएको छ ।

कांग्रेसका सभापति देउवाको निवास धुम्बाराहीमा भएको छलफलमा लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूले राष्ट्रपति पदको उम्मेदवारमा राष्ट्रिय सहमतिका लागि उपयुक्त पात्र आफ्नो दलका अध्यक्ष महन्थ ठाकुर भएको भन्दै राष्ट्रपतिका लागि समर्थन गर्न आग्रह गर्नुभएको र काँग्रेसबाट सकारात्मक प्रतिक्रिया आएको लोसपाका नेता शरदसिंह भण्डारीले बताउनुभयो ।

काँग्रेसले आधिकारिक रूपमा आफ्नो उम्मेदवार अहिलेसम्म अघि नसारेका कारण पनि सहमतिको परिस्थिति बन्यो भने ठाकुर उपयुक्त पात्र भएको र पार्टीभित्र पनि छलफल गर्ने कुरा काँग्रेसबाट आएको उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बारम्बार राष्ट्रिय सहमति भनिरहेकाले अहिले बाहिर आइरहेको नाममा ठाकुर नै उपयुक्त भएको भण्डारीको जिकिर थियो ।

लोसपाका नेताले हिजोमात्र प्रधानमन्त्री प्रचण्डसँग र नेकपा अध्यक्ष केपी ओलीसँग पनि भेटघाट गरी छलफल गरेको जानकारी दिँदै संंसदमा रहेका सबै दलसँग ठाकुरलाई राष्ट्रपतिका लागि आग्रह गर्ने पनि भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button