तपाईँ सुन्दै हुनुहुन्छः

समग्र प्रदेशको विकासका लागि सरकार प्रतिबद्ध छ : मन्त्री शाही

बाजुरा । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री नरेश कुमार शाहीले समग्र प्रदेशको विकास र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ।

मन्त्री नियुक्तिपछि पहिलो पटक गृह जिल्ला बाजुरामा आउनु भएका मन्त्री शाहिले व्यक्तिका योजना लिएर मन्त्रालयमा नआउन समेत आग्रह गर्नुभएको छ ।पछाडि पारिएका दुर्गम क्षेत्रको स्तरोन्नतिका सरकार कटिबद्ध भई लागेकाले बाजुराका बिकट बस्तीका सामूहिक योजना लिएर मन्त्रालयमा आउन जनप्रतिनिधिलाई अनुरोध गर्नु भयो ।

बुढिनन्दा नगरपालिकाले आयोजना गरेको स्वागत एवम् शुभकामना दिने कार्यक्रममा बोल्नु हुँदै  मन्त्री शाहिले टुक्रे योजना भन्दा पनि ठुला र दीर्घकालीन महत्त्वका योजनामा प्रदेश सरकारको ध्यान केन्द्रित भएको बताउनु भयो । स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु हुँदै मन्त्री शाहिले स्थानीय सरकार जनता सँग प्रत्यक्ष जोडिएकाले यथार्थ समस्यामा रहेका विपन्न नागरिकको उठान हुने गरि योजना निर्माण गर्नु पर्ने बताउनु भयो ।

बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराको अध्यक्षतामा सञ्चालन गरिएको स्वागत एवम् शुभकामना दिने कार्यक्रममा मन्त्री शाहिले नागरिकका दैनिक जनजीविका सवाल सँग तिनै तहका सरकार जोडिए मात्रै जनताले सरकार भएको अनुभूति गर्ने बताउनु भयो।  उहाँले यस अघि योजना छान्दा र रकम विनियोजन गर्दा समुदाय भन्दा पनि व्यक्तिलाई पोश्याउने कार्य भएको बताउँदै अव त्यसो नहुने बताउनुभएको छ । जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन मन्त्री शाही बाजुरा आउनु भएको उहाँको सचिवालयले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button