तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति  भण्डारी हेटौँडामा

हेटौँडा I राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान मकवानपुरको हेटौँडा आइपुग्नुभएको छ । हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन गर्न उहाँ ११ बजेपछि यहाँ आइपुग्नुभएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।

हेटौँडा अस्पतालस्थित प्राङ्गणमा उद्घाटन समारोह आयोजना गरिएको छ । राष्ट्रपति भण्डारीले केही समयपछि सो समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ ।  रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button