तपाईँ सुन्दै हुनुहुन्छः

प्रदीप बास्तोलाको शिवको रूप चिलिम भरेर (भिडियोसहित)

काठमाडौँ I गायिका रचना रिमाल र गायिका प्रिया सुवेदीको भजन चिलिम भरेर बोलको भिडियो सार्वजनिक भएको छ ।

 यस भिडियोमा नायक तथा मोडल प्रदीप बास्तोलाको भगवान् शिवको रूप देख्न सकिन्छ । बिक्रम चौहानको निर्देशन र प्रकाश खड्काको छायांकन रहेको भिडियोलाई पशुपति मन्दिर परिसमा छायांकन गरिएको छ । यस चिलिम भरेर बोलको भिडियोलाई शिवरात्रिलाई लक्षित गरेर सार्वजनिक गरिएको हो । भिडियोमा भगवान् शिवलाई खुशी बनाउनु खोजिएको छ ।

भजनलाई शीतल कादम्बीनीको लेखन तथा निर्माण रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button