गणतन्त्र र संविधान मान्नेसँग सहकार्य : महासचिव गुरुङ

कास्की । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले पूर्व राजा ज्ञानेन्द्र शाहको विज्ञप्ति औचित्यपूर्ण नभएको बताउनुभएको छ ।
प्रेस सेन्टर कास्कीले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव गुरुङले पूर्व राजा ज्ञानेन्द्रसँग कुनै पनि मुद्दामा सहकार्य गर्न बाँकी नरहेको बताउनुभएको हो ।
देशमा संविधान, गणतन्त्र स्थापना भइसकेको भन्दै उहाँले लोकतन्त्र र संविधानको रक्षा गर्न सहकार्य हुने तर उहाँहरूले संविधान र गणतन्त्र स्वीकार नगरेकाले पूर्व राजा ज्ञानेन्द्रसँग कुनै सहकार्यको औचित्य नरहेको बताउनुभयो ।
वर्तमान परिस्थिति हेरेर अहिलेको खतरा हुनसक्ने आँकलन नेकपा माओवादी केन्द्रले गरेको उल्लेख गर्नुहुँदै महासचिव गुरुङले संविधान र राष्ट्रियतालाई जोखिममा पर्न सक्ने परिस्थितिलाई मध्यनजर गरेर सहमतिमै राष्ट्रपति चयन हुने बताउनुभयो ।
उहाँले सबै राजनीतिक दलहरूले समर्थन गर्नसक्ने व्यक्ति नै राष्ट्रपति निर्वाचित हुने पनि बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्