तपाईँ सुन्दै हुनुहुन्छः

१७ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पुरा १६ देशका धावक सहित ८ हजार सहभागी हुँदै

कास्की । सर्वाधिक पुरस्कार राशिको पोखरा म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने १७ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ ।

फागुन ६ गते शनिबार पोखरा रंगशालामा बिहान ६ बजेबाट हुने कार्यक्रममा सहभागिताका लागि विभिन्न विद्यामा हालसम्म झण्डै ८ हजार जनाले नाम दर्ता गराएको मञ्चले जनाएको छ ।प्रतियोगितामा विदेशी १६ देशका धावक सहित नेपालका सात वटै प्रदेशबाट ३७ जिल्लाका धावकहरुले सहभागिता जनाउदै छन् ।

४२ किलोमिटर दौड म्याराथनका विजेताले ५ लाख, दोस्रो हुनेले ३ लाख र तेस्रो हुनेले २ लाख र चौथो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । मञ्चले गण्डकी प्रदेशका धावकहरुका लागि छुट्टै पुरस्कारको व्यवस्था गरेको छ । जसमा प्रदेशबाट सहभागि धावकहरुलाई प्रथम, द्वितिय र तृतिय पुरस्कार स्वरुप क्रमश ५० हजार, ३० हजार, २० हजार रुपैयाँ प्रदान गरिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button