धुलिखेलमा मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा आज बिहान भएको सवारी दुर्घटनामा मिनिट्रक चालकको मृत्यु भएको छ । परिचालक भने घाइते भएका छन् ।
धुलिखेल नगरपालिका–११ पात्लेखेतस्थित बिपी राजमार्गमा बा ५ ख ३०४३ नम्बरको मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
रामेछापको मन्थली नगरपालिका १४ फुलासी पोखरीका ३५ वर्षीय अभिजल काफ्लेको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा डिएसपी डुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।
डिएसपी न्यौपानेले सोही मिनिट्रकको सहचालक दोलखाको मेलुङ गाउँपालिका–६ बस्ने १७ वर्षीय कुवेर ठकुरी घाइते भएको बताउनुभयो ।
काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुन्डेबेशीबाट धुलिखेलतर्फ आउँदै गरेको मिनि ट्रक सडकबाट अन्दाजी २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाइएको छ।







प्रतिक्रिया राख्नुहोस्