देउवाद्वारा सांसद भण्डारीको स्वास्थ्यस्थितिबारे जानकारी
काठमाण्डौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कीर्तिपुर अस्पतालमा उपचाररत कांग्रेसका नेता एवं सांसद डा. चन्द्र भण्डारी र उहाँकी आमा हरिकला भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
बुधबार राति ग्यास सिलिण्डर पड्किएर हरिकलाको शरीरको ७० प्रतिशत भाग र सांसद चन्द्र दुवै हात र गोडा गरी २५–३० प्रतिशत जलेको अस्पतालले जनाएको छ ।
अस्तपालले हाल उपलब्ध साधन र स्रोतको अवस्थामा उहाँहरुको यथोचित उपचार स्वदेशमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण सिफारिस गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्