तपाईँ सुन्दै हुनुहुन्छः

६ महिनामा झापामा ५ सयभन्दा बढी उद्योग दर्ता

भद्रपुर, झापा । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा झापामा ५ सयभन्दा बढी उद्योग दर्ता भएका छन् । 

आर्थिक वर्ष २०७९÷०८० को पुस मसान्तसम्ममा स्थायी र चालु गरी रु एक अर्ब ३१ करोड ३८ लाख ८९ लाख कूल पुँजी भएको ५सय ५ वटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय झापाका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

जिल्लामा सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग दर्ता भएका छन् । नयाँ दर्ता भएकामध्ये २ सय २२ वटा कृषि तथा वनजन्य उद्योग छन् । दर्ता भएकामा उत्पादनमूलक ७९ र सेवामूलक २सय४ रहेका छन् । 

साउनमा १ सय ७, भदौमा १ सय ४४, असोजमा १ सय ५३, कात्तिक ४०, मङ्सिरमा ७७ र पुसमा ७५ वटा उद्योग दर्ता भएको कार्यालयले जनाएको छ ।

दर्ता भएका ती उद्योगमा महिला र पुरुष गरी ५सय ४२ उद्यमी छन् । दर्ता भएका उद्योगको उत्पादन क्षमता वार्षिक रु एक अर्ब ३९ करोड ६० लाख चार हजार छ । 

उद्योग दर्ताबापत कार्यालयले रु २० लाख १० हजार सात सय राजस्व सङ्कलन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button