रेडियो नेपाल दाङको प्रसारण क्षमता विस्तार गर्न पहल भइरहेको छ : कार्यकारी निर्देशक केसी

दाङ । रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले आज रेडियो नेपाल लुम्बिनी प्रादेशिक प्रसारण कार्यालय दाङको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ ।
सो अवसरमा कार्यकारी निर्देशक केसीले रेडियो नेपाल लुम्बिनी प्रदेश प्रसारण कार्यालयका कर्मचारीहरूलाई आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक गर्न निर्देशन दिनुभयो ।

उहाँले रेडियो नेपाल दाङको प्रसारण क्षमता विस्तार गर्न पहल भइरहेको उल्लेख गर्नुहुँदै रेडियो नेपालका कर्मचारीहरूको समस्या समाधान गर्न आफूले पहल गर्ने बताउनुभयो ।
कार्यकारी निर्देशक केसीसमक्ष कार्यालयका कर्मचारीहरूले आ–आफ्नो समस्याका बारेमा कुरा राख्नुभएको थियो ।
उक्त अवसरमा रेडियो नेपालका नायव कार्यकारी निर्देशक कृष्णचन्द्र पौडेल, निर्देशक पुष्करराज गौतम, मुख्य कार्यक्रम अधिकृत गोकर्ण रेग्मी, रेडियो नेपाल लुम्बिनी प्रादेशिक प्रसारण कार्यालय दाङका कार्यालय प्रमुख श्रीप्रसाद चौधरीको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया राख्नुहोस्