उपप्रधानमन्त्री श्रेष्ठद्वारा जीपलाइन उद्घाटन

काठमाडौँ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कुरिनटारस्थित रिभर फन रिसोर्टमा रहेको जीपलाइन उद्घाटन गर्नुभएको छ ।
आइतबार साँझ त्यहाँ पुग्नुभएका उहाँले आज बिहान साढे १० बजे जीपलाइन उद्घाटन गर्दै अनुभव पनि लिनुभएको कम्पनीका प्रबन्ध निर्देशक शङ्कर अधिकारीले जानकारी दिनुभयो ।
जीपलाइनको अनुभव लिँदै उहाँले भन्नुभयो, “जीपलाइन गर्न पाउँदा नयाँ र अनौठो अनुभव भइरहेको छ ।”
करिब रू तीन करोड लगानीमा निर्माण भएको रिसोर्टमा एड्भेञ्चर टुरिजम अन्तर्गत जीपलाइनका साथै रोप साइकलिङ, वाल क्लाइमिङ, र्याफ्टिङ, स्पिड बोटिङलगायतको सुविधा छ ।रासस








प्रतिक्रिया राख्नुहोस्