सुर्खेतबाट छुट्ने सवारी साधन ठप्प
सुर्खेत । सुर्खेत वीरेन्द्रनगर बसपार्क अगाडी बसको ठक्करबाट महिलाको मृत्यु भएपछि आफन्तहरूले आज बिहानैदेखि आन्दोलन शुरु गरेका छन् ।
छेडागाड नगरपालिका जाजरकोट स्थायी ठेगाना भएकी अन्दाजी ६६ वर्षीय नदी रावतको बसको ठक्करबाट हिजो दिउँसो मृत्यु भएपछि आफन्तहरू आन्दोलनमा उत्रिएका हुन् । उचित क्षतिपूर्ति र सवारी चालकलाई हदैसम्मको कारबाहीको माग राख्दै आफन्तहरूले बसपार्क अगाडी, मंगलगढी चौक, यरिचोक र एयरपोर्ट चोकमा टायर बालेर सडक अवरुद्ध गरेपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले फरार बस चालक खगेन्द्र रिजाललाई पक्राउ गरि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको छ भने अहिले क्षतिपूर्तिका लागि पीडित पक्ष र यातायात व्यवसायी बिच छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डिएसपी) लक्ष्मण शाहीले जानकारी दिनुभयो ।
पीडितका आफन्तहरू आन्दोलनमा उत्रिएपछि सुर्खेत बसपार्कबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन ठप्प छन् । तर, प्रहरीले सवारी सवारी साधनलाई सुचारु गर्ने पहल भइरहेको जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्