तपाईँ सुन्दै हुनुहुन्छः

‘भारतसँगको मैत्रीपूर्ण खेलका लागि तयारी राम्रो’

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक अनन्त राज थापाले भारतसँगको मैत्रीपूर्ण खेलका लागि तयारी राम्रो भएको बताउनुभएको छ ।

दुई मैत्रीपूर्ण खेलका लागि भारत जानुअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको बिदाइ कार्यक्रममा थापाले घरेलु टोलीसँगको खेलका लागि तयारी राम्रो भएको बताउनुभएको हो ।

एन्फाले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीलाई आइतबार एन्फा कम्प्लेक्समा बिदाइ गरेको हो । नेपाली टोलीले भारतसँग चेन्नईमा फेब्रुअरी १५ र १८ मा मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाली टोली सोमबार चेन्नई प्रस्थान गर्ने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button