तपाईँ सुन्दै हुनुहुन्छः

त्रिशूलीमा खसेर एक व्यक्तिको मृत्यु 

चितवन । चितवनमा एकजना मानसिक सन्तुलन गुमेका व्यक्ति त्रिशूलीमा खस्दा मृत्यु भएको छ । अन्दाजी ६५ वर्षीय ती  पुरुष व्यक्तिको हालसम्म परिचय खुलेको छैन । 

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान साँढे ११ बजे ईच्छाकामना गाउँपालिका  स्थित तीन नम्बर पुलको किनाराबाट हिँड्ने क्रममा उनी  त्रिशूली नदीमा खसेका थिए । उनी मुग्लिङ बजारमा मागेर खाई हिँड्ने गरेको  र आज मोटेरेबल पुलको साइडबाट त्रिशूली नदी किनारमा पुगेको छ भन्ने खबर प्राप्त हुनासाथ उनलाई उद्धार  गरी उपचारको लागि  भरतपुर अस्पताल पठाइएको थियो । 

उनको शरीरको विभिन्न भागमा चोट पटक लागेको उपचारको क्रममा दिउसो १ बजेर ४८ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button