ढुङ्गा लागेर एक जनाको मृत्यु
जाजरकोट । जाजरकोटमा भिर माथिबाट आएको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ ।
नलगाड नगरपालिका ५ को नलगाड हाइड्रोपावरको पहुँच मार्ग अन्तरगत गेरेनी भिरमा माथिबाट आएको ढुङ्गा लागेर पश्चिम रुकुम आठबिसकोट नगरपालिका ११ चौर घर भएका ३२ वर्षीय अशोक खड्काको मृत्यु भएको हो ।
खाराबाट कालीमाटी बाइकमा सवार उनको गेरेनी भिर नजिकै माथिबाट ढुङ्गा खसेको थियो । उनको उपचारका क्रममा स्वास्थ्य चौकी दल्लीमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।







प्रतिक्रिया राख्नुहोस्