सरकारको काम कारबाही प्रभावकारी र जनपक्षीय बनाइने

काठमाडौँ I सत्ता साझेदार दल सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले सरकारका काम कारवाहीको समीक्षा गर्दै गठबन्धनको सहकार्यलाई निरन्तरता दिने समझदारी गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको संयन्त्रको बैठकमा सहकार्यलाई थप मजबुत बनाउँदै छलफललाई निरन्तरता दिने सहमति भएको हो ।
बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारका कामकारबाहीको समीक्षा गर्दै गठबन्धनको सहकार्यलाई निरन्तरता दिने समझदारी भएको जानकारी दिनुभयो ।
राप्रपा अध्यक्ष लिङ्देनले बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने विषयमा छलफल भएपनि राष्ट्रपति चुनावका बारे छलफल नभएको जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्