तपाईँ सुन्दै हुनुहुन्छः

हात्तीका लागि थापेको विद्युतीय धरापमा परी झापामा एक जनाको मृत्यु

भद्रपुर, झापा । जङ्गली हात्ती रोकथामका लागि घरमा थापेको विद्युतीय धरापमा परी झापामा एक जनाको मृत्यु भएको छ ।

विद्युतीय धरापमा परी बिर्तामोड नगरपालिका– ७, बाह्रघरे निवासी ४९ वर्षीय खेम श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरीका अनुसार श्रेष्ठले जङ्गली हात्तीबाट जोगिन घर वरिपरि विद्युतीय धराप बनाएका थिए ।

शुक्रबार राति पिसाब गर्न घरबाहिर निस्किँदा उनी त्यही विद्युतीय धरापमा परेर गम्भीर घाइते भएका थिए । उनलाई अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

झापामा हात्ती प्रभावित क्षेत्रका मानिसहरूले आफू र अन्नबाली जोगाउन विद्युतीय धराप थाप्ने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button