‘व्यवस्था परिवर्तनमा पत्रकारहरूको महत्त्वपूर्ण भूमिका’
दाङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकमा व्यवस्था परिवर्तन गर्न पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । अहिलेको व्यवस्था ल्याउन नेपाली सञ्चार जगतको योगदान भुल्न नहुने उहाँको भनाइ छ ।

पत्रकार महासङ्घ लुम्बिनी प्रदेशले राजधानी देउखुरीमा आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री शर्माले राष्ट्रपतिको निर्वाचनमा विभिन्न विषय देखिएको भए पनि राष्ट्रिय सहमतिको आधारलाई केन्द्रमा राखेर निर्णय गरिने बताउनुभयो ।
सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले अनलाइन सञ्चार माध्यमलाई नियमन गर्ने कानुन बनाउने तयारी रहेको बताउनुभयो । सञ्चार क्षेत्रमा रहेका केही जटिल विषयहरूलाई अध्ययन गरी सुधार गरिने उहाँले बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासङ्घका प्रदेश अध्यक्ष वसन्त गिरीले विज्ञापन बोर्डले मोफसलका सञ्चार माध्यमलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । अध्यक्ष गिरीले प्रदेशमा रहेका सञ्चार क्षेत्र र पत्रकारको बारेमा जानकारी दिनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्