तपाईँ सुन्दै हुनुहुन्छः

महानगरपालिकाद्वारा निःशुल्क रुपमा लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन

वीरगञ्ज । बेरोजगार युवा जनशक्तिलाई लक्षित गर्दै वीरगञ्ज महानगरपालिकाले निःशुल्क रुपमा लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ ।

निजामती कर्मचारी, शिक्षक तथा सुरक्षाकर्मी बन्ने इच्छा राखेका तर खर्च अभावमा तयारी गर्न नसकेकाहरूलाई लक्षित गर्दै निःशुल्क तयारी कक्षा सुरु गरिएको हो । तयारी कक्षाको आज एक कार्यक्रमबिच महानगर प्रमुख राजेशमान सिंहले उद्घाटन गर्नुभयो ।

सो अवसरमा नगर प्रमुख सिंहले युवाहरूमा सकारात्मक भावनाको विकास गराई कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दार युवा जनशक्ति तयारी गर्न वीरगञ्ज महानगरले निःशुल्क रुपमा लोक सेवा तयारी कक्षा सुरु गरेको बताउनुभयो ।

कक्षामा ३८ जना महिला र ५७ जना पुरुषको सहभागिता रहेको छ । महानगरले युवाहरूका लागि गरेको यो प्रयास सकारात्मक भएको सहभागीहरूले बताएका छन् । महँगो शुल्क तिरेर तयारी कक्षा लिनुपर्ने बाध्यता हटेको उनीहरूको भनाई छ ।

तयारी कक्षामा वीरगञ्जका मात्रै नभई पर्सा, बारा लगायत विभिन्न स्थानका युवाहरूको सहभागिता छ । वीरगञ्ज महानगरपालिकाको सहयोगमा यू.डी.वाई सेफ कम्प्युटर एजुकेसनले तयारी कक्षा सञ्चालन गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button