भिरबाट खस्दा जाजरकोटमा एक जनाको मृत्यु
जाजरकोट । जाजरकोटमा भीरबाट खस्दा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार राती जिल्लाको नलगाड नगरपालिका वडा नं ३ कट्के गाँउमा घर नजिकैको भिरबाट खस्दा इन्द्र मान बहादुर रोकायको मृत्यु भएको जिल्ला प्रहरी जाजरकोटले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्