धन्यवाद प्रस्ताव सर्वसम्मतले पारित
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नु भएपछि आजै बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठकले धन्यवाद प्रस्ताव सर्व सहमतिले पारित भएको छ ।

ती दुवै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्नुभएको प्रति टेबुल गर्नुभएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक माघ २९ गते आइतबार दिनको ३ बजे बस्ने छ ।
यस्तै राष्ट्रिय सभाको अर्को बैठक फागुन २ गते मङ्गलवार दिनको १ बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्