तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस सरकारमा जाने ‘ग्रिन सिग्नल’ मिलेको छ : काँग्रेस प्रवक्ता महत

चितवन ।  नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको सरकारको जग कमजोर भएको टिप्पणी गर्नुभएको छ । 

नेपाल प्रेस युनियन चितवनद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले कुनै बिचार र लक्ष्यका आधारमा बनेको गठबन्धन नभएकोले कमजोर रहेको बताउनुभयो । ढिलो चाँडो यसको विघटन हुने स्वभाविक रहेको छ । तर कहिले हुन्छ । तिथि मिति तोक्न चाहँदैनौ, उहाँले भन्नुभयो, हिजोको घटना क्रमले पनि सरकारमा जाने ग्रिन सिग्लन मिलेको छ । काँग्रेस कमब्याक हुन्छ ।’

उहाँले राष्ट्रपति काङ्ग्रेसको हुनु पर्ने बताउनुभयो । संविधानको रक्षाका लागि काङ्ग्रेसको उम्मेदवार राष्ट्रपति बन्नु आवश्यक रहेको उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो “हामीले सबै दललाई काङ्ग्रेसको उम्मेदवारलाई सहयोग गर्न आव्हान गरेका छौ । सकारात्मक प्रतिक्रियाहरू आएका छन् ।” काङ्ग्रेसको राष्ट्रपति बन्ने परिस्थिति निर्माण हुँदा नयाँ परिदृश्य पनि बन्न सक्ने उहाँले बताउनु भयो  ।

नेपालको आर्थिक, सामाजिक रूपान्तरण, सुशासन, विकास, संवृद्धिका लागि काङ्ग्रेसको नेतृत्व आवश्यक रहेको उहाँको भनाई थियो  ।  “ढिलो चाँडो अन्य पार्टीहरूले पनि महसुस गर्ने छन् भन्ने हामीलाई लागेको छ ।”   उहाँले भन्नुभयो । 

काँग्रेस कानुनी शासनमा विश्वास गर्ने, लोकतन्त्रका लागि लगातार लड्ने पार्टी सबैभन्दा बढी बिचार र सुशासन प्रति प्रतिबद्ध पार्टी भएको उहाँको भनाई थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button