तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहको शपथ आज

काठमाडौं । सुदूरपश्चिम सरकारका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण लिँदै हुनुहुन्छ ।

एक महिना अघि नेकपा एमालेबाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर पद गुमाउनु भएपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलका नेता शाह बिहीबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

संविधान धारा १६८ को उपधारा २ बमोजिम एमालेका तर्फबाट मुख्यमन्त्री चयन भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठुलो दलका कांग्रेस प्रदेश संसदीय दलका नेता शाहले मुख्यमन्त्रीमा दाबी पेस गरे लगत्तै प्रदेश प्रमुख जोशीले उहाँलाई नियुक्त गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयले नवनियुक्त मुख्यमन्त्री शाहको पद तथा गोपनीयताको शपथ कार्यक्रमका लागि तयारी पुरा गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button