सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित, ४:०० बजे पुनः बस्ने
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिनु हुने कार्यसूची रहेको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ ।
मुख्यमन्त्री रावलले आज दिउसो १ः०० बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको थियो ।
प्रदेशसभा सचिवालयले कहिबेर अघि सूचना जारी गर्दै आज दिउँसो १ः०० बस्ने कार्यतालिका रहेको प्रदेशसभा बैठक विशेष कारण स्थगित भएको र आजै दिउसो ४ः०० बजे बस्ने गरि तोकिएको जनाएको छ ।
यसअघि हिजो दिउँसो १ः०० बजे बस्ने कार्यतालिका रहेको प्रदेशसभा बैठक स्थगित भई आज दिउसो १ः००बजेका लागि तोकिएको थियो ।
मुख्यमन्त्री रावललाई विश्वासको मत प्राप्त गर्न सुदूरपश्चिम प्रदेशमा ७ सिट रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिन्छ । ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ जना आवश्यक पर्छ । यहाँ काँग्रेस १९, एमाले १०, माओवादी केन्द्र ११, नागरिक उन्मुक्ति ७, नेकपा एस ४ , राप्रपा १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य रहनुभएको छ ।









प्रतिक्रिया राख्नुहोस्