जनमत मधेशमा नयाँ शक्तिको रुपमा उदाउँदै: सिके राउत
वीरगञ्ज । जनमत पार्टीका केन्द्रिय अध्यक्ष एवं सांसद सिके राउतले आफ्नो पार्टी मधेशमा नयाँ शक्तिको रुपमा उदाएको र आगामी दिनमा सङ्गठनलाई अझ सशक्त रुपमा अगाडी बढाइने बताउनुभएको छ ।

जनमत पार्टी पर्साको आयोजनामा वीरगञ्जमा आयोजित वृहत् कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले पर्सा जिल्लामा विगतमा सङ्गठन कमजोर रहे पनि अब सङ्गठनलाई नयाँ उचाइमा पुर्याउने दाबी गर्नुभयो ।
मधेशका मुद्दाहरूलाई मधेशवादी राजनीतिक दलले सत्तामा पुग्ने भर्याङ बनाएका कारण आज मधेशी जनताले ती दलहरूलाई ठेगान लगाएको बताउँदै आफ्नो पार्टीले मधेशका मुद्दाहरू कहिल्यै नछोड्ने सुनाउनुभयो ।

वीरगञ्जको रोयल पाटी पैलेशमा आयोजित कार्यक्रममा नारायणी अस्पतालका पूर्व सुपरिटेन्डेन्ट तथा रेडियोलोजिष्ट डा.शिवशङ्कर यादव, अधिवक्ता हरिहर साह, ज.स.पाका युवा नेता मुकेश दिबेद्वी, रेडियो समग्र मधेशका प्रबन्ध निर्देशक श्याम गुप्ता, लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य जटाशंकर साह लगायत सयौँको सङ्ख्यामा विभिन्न पार्टी परित्याग गरी जनमत पाटीमा प्रवेश गर्नेहरूलाई केन्द्रीय अध्यक्ष राउतले फुलमाला, अबिर लगाई गम्छा ओढाएर सम्मान गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्