तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु 

File Photo

सुनसरी । सुनसरीको देवानगंज गाउँपालिका–६ स्थित सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । 

आज देवानगंज–रासि सडक खण्डमा को. २ त ६२३८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडक साइडमा दुर्घटना हुँदा घाइते भएका ट्याक्टर चालक बर्जु गाउँपालिका–५ का ४० बर्षीय प्रमोद पण्डितको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो । 

घाइते सहचालक देवानगंज–२ का ३० वर्षीय धिरेन्द्र खत्वेको सोही अस्पतालमा उपचार भइरहेको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय देवानगंजबाट थप अनुसन्धान भइरहेको  छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button