तपाईँ सुन्दै हुनुहुन्छः

लोहन्द्रा खोलाको पुल निमार्ण कार्य अन्तिम चरणमा

विराटनगर । मोरङको लोहन्द्रा खोलामा भइरहेको पुल निमार्णको काम अन्तिम चरणमा पुगेको छ ।  बेलबारी नगरपालिका–५ मा रहेको सो खोलाको पुल २०७४ सालमा आएको बाढीले भत्काएको थियो ।

ग्रामथाल गाउँपालिका र बेलबारी नगरपालिकालाई जोडने सो पुल निर्माणका लागि २०७६ साल चैत महिनामा ठेक्का लागेको थियो । सुनसरी–मोरङ सिचाई योजनाले  ठेक्का लगाएको सो पुल २०८० साल भाद्र मसान्त सम्ममा सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ ।

पुलको ६ वटा स्पान मध्ये पाँचवटा स्पान निर्माणका काम सम्पन्न भएको र बाँकी एउटा स्पान एक महिना भित्र सम्पन्न गर्ने गरि काम भइरहेको सुनसरी मोरङ सिचाइ आयोजनाका  प्रमुख भिलानन्द यादवले बताउनुभयो । पुलको ९० प्रतिशत काम सम्पन्न भइसकेकाले ठेक्का सम्झौताको  समय  अगावै पुल सञ्चालनमा आउने उहाँको भनाइ थियो ।

१ सय ५२ मिटर लामो सो पुल निर्माणका लागि २९ करोड ९७ लाख ५६ हजारमा ठेक्का लागेको हो । चतराको मुल नहर देखी ४२ किलोमिटर पूर्व रहेको सो पुल र  सिचाई लागि पुलसंगैको साइपन सो आयोजनाले निमार्ण गरेको हो ।  

बाढीले पुल र साइपन दुवै भत्काएपछि केही वर्ष योजनाको पूर्वी कमाण्ड क्षेत्रमा सिचाई समेत हुन सकेको थिएन । जसका कारण बेलवारी, रङ्गेली तथा कानेपोखरी क्षेत्रमा सिचाई अवरुद्ध भएको थियो । योजनाले दुई वर्ष अघि साइपन निमार्ण गरेर पुल पूर्व  क्षेत्रका  नहरमा पानी सञ्चालनमा ल्याइ सकेको योजना प्रमुख यादवले बताउनुभयो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button