तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश सरकारमा माओवादी केन्द्र पनि सहभागी हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारमा उद्योग, पर्यटन तथा वन मन्त्रालय लिएर माओवादी केन्द्र प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

दुई वटा मन्त्रालय लिने अडान लिएपछि मुख्यमन्त्री सरोजकुमार यादव दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा माओवादी केन्द्र सरकारमा सहभागी भएको थिएन । माओवादी केन्द्रले एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने निर्णय मधेश प्रदेशको संसदीय दल तथा पार्टीबाट भएको छ ।

माओवादी केन्द्रको तर्फबाट उद्योग, पर्यटन तथा वन मन्त्रालयमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारी सहभागी हुन लाग्नुभएको हो । यादव माओवादी केन्द्रका संस्थापक नेतामध्येका सहिद रामवृक्ष यादवको छोरी हुनुहुन्छ ।

नेकपा माओवादी केन्द्रको मधेश प्रदेशमा ९ जना प्रदेश सभाका सदस्य रहेका छन् । माओवादी केन्द्र पनि प्रदेश सरकारमा सहभागी भएपछि मधेश प्रदेशमा जनता समाजवादी पार्टी नेपालका मुख्यमन्त्री सरोज कुमार यादवको नेतृत्वमा नेकपा एमाले, जनमत पार्टी र माओवादी केन्द्रको संयुक्त सरकार हुने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button