तपाईँ सुन्दै हुनुहुन्छः

बालुवाटारमा प्रधानमन्त्री र दलका प्रमुख सचेतकबीच छलफल जारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुन मन्त्री, कानुन सचिव लयागतहरूसँग सामूहिक छलफल सुरु गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छलफलमा संसद्लाई कसरी प्रभावकारी बनाउने र सरकारले संसद्लाई दिनुपर्ने बिजनेसका बारेमा राय लिने बताइएको छ ।

प्रतिनिधिसभाको अघिल्लो कार्यकाल समाप्त भएसँगै निष्क्रिय भएका दर्जनौं विधेयक अब फेरि शून्य अवस्थाबाट मात्र शुरु हुने भएको छ । अघिल्लो प्रतिनिधिसभाको कार्यकाल समाप्त भएसँगै २७ वटा विधेयक निष्क्रिय भएका र १२ वटा विधेयक सरकार आफैंले फिर्ता लिएको संसद् सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले बताउनुभयो।

संघीय संसदको पहिलो कार्यकाल सुरु भएयता एक सय ५३ विधेयक दर्ता भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button