तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेद्वारी दिने

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेद्वारी दिने भएको छ ।

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज विहान बसेको काँग्रेस संसदीय दल कार्य समितिको बैठकले माघ २३ गते हुने राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

प्रमुख सचेतक लेखकले बैठकमा माघ २२ गते दलको तर्फबाट राष्ट्रियसभाको उपाध्यक्षमा मनोनयन दर्ता गर्ने र अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय भएको बताउनुभयो ।

त्यस्तै बैठकले काँग्रेस संसदीय दलको बैठक माघ २६ गते नयाँ बानेश्वर स्थित संङघीय संसद भबनको लोत्से हलमा बस्ने निर्णय गरेको पनि प्रमुख सचेतक लेखकले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button