मोटरसाइकलको ठक्करबाट घाइते चौधरीको मृत्यु
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ मोतिबस्तीमा म २ प ९८६० नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते हुनु भएका पैदल यात्री बेलौरी नगरपालिका वडा नम्बर ५ बस्ने ५० वर्षीय महात्मा चौधरीको मृत्यु भएको छ ।
सोमबार राति मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएका चौधरीको पुनर्वास पोलिक्लिनिकमा प्राथमिक उपचारपछि मायामेट्रो अस्पताल धनगढीमा थप उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्