तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशसभाको बैठक माघ २२ गतेका लागि आह्वान

मकवानपुर । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक यही माघ २२ गते अपराह्न २ः०० बजेका लागि आह्वान गरिएको छ ।

प्रदेशसभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गर्नुभएपछि स्थगित भएको थियो ।

सभामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (समाजवादी पार्टी), राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी एक सय १० जना प्रदेशसभाका सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button