बन्चरो प्रहार आमाको हत्या
धनगढी ।कैलालीमा बन्चरो प्रहार गरी छोराले आमाको हत्या गरेका छन् । लम्कीचुहा नगरपालिका ६ का श्रीराम थारुले आमा लगनीदेवी थारुको हत्या गरेको प्रहरीले जनाएको छ।
बन्चरो प्रहारबाट गम्भिर घाईते लगनीको नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । गएराती श्रीरामले ७१ बर्षीया आमामाथी बन्चरो प्रहार गरेको बताईएको छ ।
कैलालीका प्रहरी नायव उपरिक्षक बेदप्रकाश जोशीले घटनामा संलग्न थारुलाई पक्राउ गरिएको र थप अनुसन्धान भईरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्