प्रधानमन्त्री दाहालद्वारा शहीद स्मृति पार्क पुगेर श्रद्धाञ्जली अर्पण
काठमाडौँ । सहिद दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले काठमाडौँको लैनचौरस्थित सहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभा कार्यक्रममा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइदैछ । सोही क्रममा प्रधानमन्त्री दाहालले स्मारकमा पुष्प गुच्छा अर्पण गर्दै सम्मान प्रकट गर्नुभयो । शहीद दिवसका अवसरमा शान्ति वाटिकादेखि लैनचौरसम्म प्रभातफेरीको आयोजना गरिएको थियो ।

प्रधानमन्त्री दाहालले शुभकामना सन्देश मार्फत शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनु सबैमा आव्हान गर्नुभएको छ । चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ सङ्कल्पित उल्लेख गर्दै उहाँले शहीदका सपना पूरा गर्न आह्वान गर्नुभएको छ ।
त्यस अवसरमा प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र शहीदको त्याग र बलिदानबाटै सम्भव रहेको बताउनुभएको थियो । यस्तै, प्रधानमन्त्रीले आजै गोकर्णस्थित जगडोलमा निर्माण गरिएको शहीदपार्कको उद्घाटन गर्नुहुने कार्यक्रम छ ।











प्रतिक्रिया राख्नुहोस्