तपाईँ सुन्दै हुनुहुन्छः

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते  

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ सिमरीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

धनगढीबाट पुनर्वासको आई.बी.आर.डी.का लागि सवार म.१ ह.८२४ नम्बरको अटो शनिबार दुर्घटना हुँदा अटोमा सवार हेटौडा घर भएका २८ वर्षीय सरोज रिमालको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेश राज मल्लले जानकारी दिनुभयो । 

कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर २, कोल्तडी स्थायी घर भई धनगढी बस्ने ३२ वर्षीय रमेश देवकोटाले चलाएको अटोमा सवार महोत्तरी बर्दिबास ४ घर भएका २२ वर्षीय सुशील बुढाथोकी र रामेछाप घर भएकी १८ वर्षीय सबिना घिमिरे घाइते भएको र उनीहरू दुई जनाको खुट्टामा सामान्य चोट लागेकोले माया मेट्रो हस्पिटल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

अटोमा सवार तीन जना सोल्भ एण्ड केयर नामक मार्केटिङ कम्पनी काठमाडौँबाट पुस १९ गतेदेखि मार्केटिङका लागि सुदूरपश्चिममा आएको बुझिएको छ । 

कुहिरोका कारण सडकमा एक्कासि ढुङ्गा देखेपछि अटोलाई ठोक्किनबाट बचाउने क्रममा दुर्घटना भएको बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button