तपाईँ सुन्दै हुनुहुन्छः

क्रसर उद्योगलाई थप नियमन गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । क्रसर उद्योगलाई थप नियमन गर्न मन्त्रिपरिषद् बैठकले तीन बुँदे निर्णय गरेको छ।

बुधबार बसेको बैठकले बिना अनुमति सञ्चालनमा रहेका सबै क्रसर उद्योगलाई बन्द राख्ने निर्णय गरेको हो । अनुमति लिई सञ्चालनमा रहेका तर मापदण्ड पूरा नभएका क्रसरको हकमा भने असार मसान्तसम्मको समय सीमा तोकिएको छ।

बैठकले आयोजना विशेषका लागि खुलेका तर आयोजना सम्पन्नपछि पनि चलिरहेका उद्योगहरू पनि बन्द गर्ने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

गृह मन्त्रालयले पुस तेस्रो साता देशभर सञ्चालनमा रहेका अवैध क्रसर बन्द गराउन सबै जिल्ला प्रशासनलाई परिपत्र गरेको थियो । गृह मन्त्रालयले कानुनबमोजिम दर्ता नभएका, नवीकरण नभएका तथा आयोजनाका नाममा सञ्चालनमा रहेका, तर अवधि सकिएका क्रसर बन्द गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button