गृहमन्त्री लामिछाने र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।
गृह मन्त्रालयमा आज बिहान भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सहकार्य र आपसी हित अभिवृद्धि लगायतका विषयमा कुराकानी भयो । नेपालको पूर्वाधार विकास, शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा पहुँच अभिवृद्धि, जलवायु परिवर्तनको असरबाट पर्ने प्रभाव न्यूनीकरण, ऊर्जाको विकास, प्रविधि हस्तान्तरण लगायतका विषयमा अमेरिकी सरकारबाट हुँदै आएको सहयोगलाई निरन्तरता दिँदै अघि बढ्ने विषयमा छलफल भएको थियो ।
भेटवार्तामा राजदूत थम्सनसंगै नियोग उपप्रमुख लगायतका प्रतिनिधि, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयका अधिकारीहरू पनि सहभागी हुनुहुन्थ्यो ।









प्रतिक्रिया राख्नुहोस्