राष्ट्रपतिको निर्वाचन समयमै गर्नुपर्नेमा काँग्रेसको जोड
काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रपतिको निर्वाचन समयमै गर्नुपर्नेमा जोड दिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास घुम्बाराहीमा आज बसेको नेपाली काँग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठकले कानुनी अड्चन भए त्यसलाई हटाएर समयमै निर्वाचन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिनुभयो ।
प्रवक्ता डा.महतले आजको बैठकमा राष्ट्रपतिमा काँग्रेसले उम्मेदवारी दिने र सहमतिका लागि संसद्मा रहेका अन्य दलहरूसँग छलफल थाल्ने निर्णय भएको पनि बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्